Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

बर्दिया


स्थानीय निकायहरू: 8

विवरण:

बर्दिया नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रूपमा पनि चिनिन्छ। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।

 बर्दिया

बाँके


स्थानीय निकायहरू: 8

विवरण:

बाँके मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत वि.सं. १८७३ को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई "नयाँ मुलुक" का रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्त्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर को रूपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय विमानस्थल को रूपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज यो क्षेत्रको गौरब हो । यहाँको नेपालगञ्ज मेडिकल कलेजमा छिमेकी भारत सहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्ययन गर्ने गर्छन ।

 बाँके