Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

अछाम


स्थानीय निकायहरू: 10

विवरण:

अछाम नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने सेती अञ्चलमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो । नयाँ नेपालको पुनसंरचना अनुसार यो जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्दछ । अछाम जिल्लाको सदरमुकाम मंगलसेन हो । हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मंगलसेनबाट आठ घण्टा पैदल दुरीमा पर्दछ । भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ । रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवि मन्दिर, वैजनाथ मन्दिर, दर्ना दरवार, मंगलसेन दरबार, विनायकका पञ्च देवलहरू, दर्नाका देवलहरू, बान्नीगढी, जैगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थानहरू हुन् । नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार यस जिल्लालाई ४ नगरपालिका, ६ वटा गाउँपालिका तथा २ संसदीय निर्वाचन क्षेत्रहरूमा विभाजन गरिएको छ । रत्यौली, भुवा, न्याउले, पुतला, देउडा गीत, हुड्केली आदि यहाँका मुख्य सांस्कृतिक परम्पराहरू हुन् । आफ्नै रितिरिवाज र चालचलनमा रमाउने अछामका जनताहरू अछामी भाषाको प्रयोग गर्दछन् । यस क्षेत्रका वासिन्दाहरूको मुख्य व्यवसाय कृषि तथा पशुपालन हो भने वैदेशिक रोजगारको लागि छिमेकी मुलुक भारत तथा अन्य मुलुकमा पनि जाने गर्दछन् । अछाम जिल्ला कतिपय जात जातिको उद्गम स्थल पनि रहेको छ । जस्तै:- चाल्साबाट चालिसे, ढाँकुबाट ढकाल, टिमिलसैनबाट तिम्सिना अथवा तिमल्सेना घोडासैनबाट घोडासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमाला, रिमाबाट रिमाल, बारलाबाट बराल, कुइकाबाट कुईकेल, बजगाउँबाट बजगाईं आदि जात जातिहरूको उद्गम स्थलको रूपमा समेत परिचित अछाम जिल्लाको ऐतिहासिक महत्त्व पनि निकै बलियो रहेको छ ।

 अछाम

अर्घाखाँची


स्थानीय निकायहरू: 6

विवरण:

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पाैवा(बल्काेट) अर्घाकोट(अर्घा),पाली पन्थीटोलको लाकुरीरूख मा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यहसका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।

 अर्घाखाँची

ईलाम


स्थानीय निकायहरू: 10

विवरण:

ईलामजिल्ला यसका बारेमा सुन्नुहोस (सहायता जानकारी) मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रूपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । निकै प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । इलामकै उत्तरी भागमा उद्गमस्थल रहेका र दक्षिणतिर बग्ने चार माई खोलाका कारण पुराना मानिस अद्यापि इलामलाई चारखोल भन्ने गर्दछन् ।

 ईलाम

उदयपुर


स्थानीय निकायहरू: 8

विवरण:

उदयपुर जिल्ला नेपालको प्रदेश नं. १ को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रिवेणी गाविस, रिश्कु गाविस र कटारी गाविस) रहेको छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका नगरपालिका (पुरानो विभाजन अनुसार तपेश्वरी गाविस र रामपुर ठोक्सिला गाविस), चौदण्डीगढी नगरपालिका (पुरानो विभाजन अनुसार बेल्टार गाविस, बसाहा गाविस, सुन्दरपुर गाविस र हडिया गाविस) तथा त्रियुगा नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रियुगा नगरपालिका र जोगीदह गाविस) रहेको छ। नगरपालिकाहरुको बाँकी क्षेत्र तथा सबै गाउँपालिकाहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्। २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ३,१७,५३२ जना रहेको छ ।[१]

 उदयपुर

ओखलढुङ्गा


स्थानीय निकायहरू: 8

विवरण:

ओखलढुङ्गा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजार(सिद्धिचरण नगरपालिका)बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। वि.सं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।

 ओखलढुङ्गा