Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

ताप्लेजुङ


परिचय


ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सबैभन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम हुँदै यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित तेस्रो ठूलो जिल्ला ताप्लेजुङ करीब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ। हिमाली र पहाडी भूबनोटसँगै उत्तर-दक्षीण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। सन् २००१मा गरिएको जनगणना अनुसार यहाँको जनसङ्ख्या १३४,६९८ गणना थियो, जसमा महीला/पुरुष्को अनुपात ०.९७को हाराहारीमा छ। जिल्लामा भएका २ वटा निर्बाचन क्षेत्रलाई यहाँको सबभन्दा ठूलो नदी तमोर नदी, सप्तकोशी नदीको एउटा प्रमुख सहायक नदीले छुट्याएको छ।

नक्शा:


 ताप्लेजुङ


चित्रमय प्रतिनिधित्व


जनसंख्या :


क्षेत्र :

Detail of the Formation of ताप्लेजुङ with old and new wards

The contents are not available right now


Any Other information :


स्थानीय निकायहरू :

फुङ्लिङ नगरपालिका


स्थानीय निकायहरू: 9

विवरण:

साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो l हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो l ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका नेपालको पुर्वान्चल विकास क्षेत्रको मेची अन्चलमा अबस्थित छ l यस नगरपालिकाको कुल क्षेत्रफ़ल १२५.५७ बर्ग किलोमिटर रहेको छ l ताप्लेजुङ जिल्ला २७*१५" देखि उत्तरी अक्षांश र ८७*३२"पूर्वी देशान्तर भित्र पर्दछ l नेपालमै पहिलो घामको झुल्को पर्ने ठाँउ पर्यटनमा कुमारित्व बोकेको, धार्मिक महत्वको कोशी  नदीको एक सहायक नदी तमोर किराँत धर्मको आस्थाका पवित्र स्थल लोप हुन लागेको रेड

 फुङ्लिङ नगरपालिका