Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

सिराहा


स्थानीय निकायहरू: 17

विवरण:

सिराहा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई १०६ गाविसहरू, ६(छ) वटा नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ६ (छ)वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।

 सिराहा

सुनसरी


स्थानीय निकायहरू: 12

विवरण:

सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतया: थारू, लिम्बू , राइ, याक्खा, बाहुन, क्षेत्री, सतार आदि जनजातिको बसोबास पाइन्छ।

 सुनसरी

सोलुखुम्बु


स्थानीय निकायहरू: 8

विवरण:

सोलुखुम्बु जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३१ वटा गाउँ विकास समितिहरू छन र १ नगरपालिका छ।

 सोलुखुम्बु