Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

प्रदेश नं. १


परिचय


प्रदेश नं. १ नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो । निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ।

नक्शा:


 Province no 1

चित्रमय प्रतिनिधित्व


जनसंख्या :

Population of Man Vs Women
Population of Province Vs Total Population of Nepal

क्षेत्र:

The contents are not available right now.


जनसंख्या का आधारमाा जिल्लाहरू:

क्षेत्र का आधारमाा जिल्लाहरू:


Districts :

जिल्लाहरू :

ताप्लेजुङ


विवरण:

ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सबैभन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम हुँदै यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित तेस्रो ठूलो जिल्ला ताप्लेजुङ करीब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ। हिमाली र पहाडी भूबनोटसँगै उत्तर-दक्षीण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। सन् २००१मा गरिएको जनगणना अनुसार यहाँको जनसङ्ख्या १३४,६९८ गणना थियो, जसमा महीला/पुरुष्को अनुपात ०.९७को हाराहारीमा छ। जिल्लामा भएका २ वटा निर्बाचन क्षेत्रलाई यहाँको सबभन्दा ठूलो नदी तमोर नदी, सप्तकोशी नदीको एउटा प्रमुख सहायक नदीले छुट्याएको छ।

 ताप्लेजुङ

पाँचथर


विवरण:

पाँचथर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो। यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर, जिल्लाको दक्षिण तमोर बगर देखि ४,५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ। नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको मेची अञ्चल पर्ने यो जिल्ला उत्तर-दक्षिण फैलिई पल्लो किराँतको नामले पनि प्रसिद्ध छ। प्राचिन समयको लिम्बुवान क्षेत्रको केन्द्रबिन्दुको रूपमा रहेको यस जिल्लाको सदरमुकाम फिदिममा दश लिम्बुवान क्षेत्रका राजाहरू (फेदेन)ले संयुक्त रूपमा सभा गरी सामुहिक रूपले महत्वपूर्ण विषयहरू यहाँ स्थित आम्बे पोजोमा भन्ने तिर्थस्थलमा जम्मा भई सभा (चुम्लुङ्ग)द्वारा निर्णय गर्ने परम्परा भएको देखिन्छ।

 पाँचथर

ईलाम


विवरण:

ईलामजिल्ला यसका बारेमा सुन्नुहोस (सहायता जानकारी) मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रूपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । निकै प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । इलामकै उत्तरी भागमा उद्गमस्थल रहेका र दक्षिणतिर बग्ने चार माई खोलाका कारण पुराना मानिस अद्यापि इलामलाई चारखोल भन्ने गर्दछन् ।

 ईलाम

झापा


विवरण:

झापा जिल्ला ( उच्चारण (सहायता जानकारी); नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी.[२] र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ।[३] देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्त्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।

 झापा

सङ्खुवासभा


विवरण:

सङ्खुवासभा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४८१ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसङ्ख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन।

 सङ्खुवासभा

तेह्रथुम


विवरण:

तेह्रथुम  सुन्नुहोस् (सहायता जानकारी) नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "पूर्व ४ नम्बर" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काह‍रु मध्येका १३ वटा थुम्काह‍रुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पू‍र्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "चिया क्षेत्र"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपलेबेमौसमी तरकारी, अदुवा, चिया, दुध, अकवरे खुर्सानी, सुन्तला, कागती तथा औषधीजन्य बहुमुल्य जडीबुटी, अम्लिसो(अम्रिसो), अलैंची लगायतका नगदे वालीहरू लगाइन्छ।[२]

 तेह्रथुम

भोजपुर


विवरण:

भोजपुर नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो। अहिले प्रदेश १ मा पर्दछ । मध्यकालिन नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो। भोजपुर जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भूमि हो। संखुवासभा, धनकुटा, उदयपुर, खोटाङ र सोलुखुम्बु जिल्ला यसका छिमेकी जिल्लाहरू हुन। विविध जनजातिले बसोबास गरेको यो जिल्लामा राई जातिहरूको उल्लेख्य बसोबास छ। अन्य मुख्य जातिहरूमा क्षेत्री, ब्राह्मण, मगर, नेवार,तामाङ, शेर्पा आदी पर्दछन। भोजपुर बजार यसको प्रशासकीय केन्द्र हो भने दिङ्ला बजार, घोरेटार, टक्सार बजार, चौकीडाँडा, कुलुङ्, दावाँ,च्याङ्ग्रे,मानेडाँडा,प्याउली बजार लगायत अन्य प्रमुख स्थानहरू हुन। मध्यकालिन नेपालमा टक्सार बजारको स्थापना नेपाल भरिलाई चाहिने धातुको सिक्काको लागि गरीएको भन्ने इतिहास छ।

 भोजपुर

धनकुटा


विवरण:

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा वि.सं. २०१९ साल बैशाख १ गते तात्कालिन राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो । यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्ला रहेका छन् । यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन् । वि.सं. २०३२ सालमा तत्कालिन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ।

 धनकुटा

मोरङ


विवरण:

मोरङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, प्रदेश नं. १मा पर्ने औद्योगिक जिल्ला हो । मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ ।[३] पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक तथा जनसङ्ख्याको हिसाबले नेपालकै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ । बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजा[४]को राजधानीको र मध्यकालमा लिम्बुवानको सबैभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो । मोरङका अन्तिम राजा बुद्धिकर्ण राय खेवाङ हुन् ।[५] वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ । मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ । यो पूर्वमा झापा र पूर्वोत्तरमा यो इलामसँग जोडिएको छ भने उत्तरमा धनकुटा, पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसँग यसको सीमाना रहेको छ । वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो । मोरङ जिल्लाको सदरमुकाम प्रमुख औद्योगिक शहर बिराटनगर हो । अनेकौ ससाना खोलाहरूले सिङ्गारिएको यो जिल्ला धार्मिक तथा संस्कृतिक हिसाबले पनि धेरै अग्रस्थानमा रहेको छ । शैक्षिकताको आधारमा पनि यो जिल्ला महत्त्वपूर्ण जिल्ला हो ।[६]

 मोरङ

सुनसरी


विवरण:

सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतया: थारू, लिम्बू , राइ, याक्खा, बाहुन, क्षेत्री, सतार आदि जनजातिको बसोबास पाइन्छ।

 सुनसरी

सोलुखुम्बु


विवरण:

सोलुखुम्बु जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३१ वटा गाउँ विकास समितिहरू छन र १ नगरपालिका छ।

 सोलुखुम्बु

ओखलढुङ्गा


विवरण:

ओखलढुङ्गा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजार(सिद्धिचरण नगरपालिका)बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। वि.सं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।

 ओखलढुङ्गा

उदयपुर


विवरण:

उदयपुर जिल्ला नेपालको प्रदेश नं. १ को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रिवेणी गाविस, रिश्कु गाविस र कटारी गाविस) रहेको छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका नगरपालिका (पुरानो विभाजन अनुसार तपेश्वरी गाविस र रामपुर ठोक्सिला गाविस), चौदण्डीगढी नगरपालिका (पुरानो विभाजन अनुसार बेल्टार गाविस, बसाहा गाविस, सुन्दरपुर गाविस र हडिया गाविस) तथा त्रियुगा नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रियुगा नगरपालिका र जोगीदह गाविस) रहेको छ। नगरपालिकाहरुको बाँकी क्षेत्र तथा सबै गाउँपालिकाहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्। २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ३,१७,५३२ जना रहेको छ ।[१]

 उदयपुर