Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

प्रदेश नं. २


परिचय


प्रदेश नं. २ नेपालको संविधान २०७२ अनुरूप संरचना गरिएको सात वटा प्रदेश मध्येको एक प्रदेश हो ।

नक्शा:


 Province no 2 Download

चित्रमय प्रतिनिधित्व


जनसंख्या :

Population of Women Vs Men
Population of Province Vs Total Population of Nepal

क्षेत्र:

The contents are not available right now.


जनसंख्या का आधारमाा जिल्लाहरू:

क्षेत्र का आधारमाा जिल्लाहरू:


जिल्लाहरू :

सिराहा


विवरण:

सिराहा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई १०६ गाविसहरू, ६(छ) वटा नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ६ (छ)वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।

 सिराहा

धनुषा


विवरण:

धनुषा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो। नेपालको मध्यपूर्वको दक्षिणी भागमा भारतीय सीमासँग च्यापिएर रहेको धनुषा जिल्ला पूर्ण रूपमा नेपालको तराई प्रदेशमा पर्दछ। नेपालको कूल भूभागको ०.८०% भाग, कुल जनसङ्ख्याको २.९% ओगटी जनसङ्ख्याको क्रममा पाँचौ स्थानमा पर्ने तथा विभिन्न ९३ जातजाति पाइएको यस धार्मिक क्षेत्रले आफू भित्र समेटेको भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले यस जिल्लालाई देश विदेशमा परिचित गरएको छ। भारतको सीमावर्ती शहर जयनगरसम्म पुग्ने नेपालको एक मात्र रेलसेवाले पनि यस जिल्लाको महत्वलाई बढाएको छ।

 धनुषा

महोत्तरी


विवरण:

महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईकेा पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ।.

 महोत्तरी