Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

वाग्मती प्रदेश


परिचय


बागमती प्रदेश नेपालको सात प्रदेशहरू मध्येको एक हो। यसले नेपालको कुल भौगोलिक क्षेत्रफलमध्ये २०,३०० वर्ग किलोमिटर (१४ प्रतिशत) भूभाग ओगटेको छ। नेपालको संविधान २०७२को अनुसूची ४ मा उल्लेख भए अनुसार यस प्रदेशमा १३ वटा जिल्लाहरू रहेका छन्। यस प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरि कुल ११९ वटा स्थानीय तह रहेका छन्। नेपालको पछिल्लो जनगणना, २०६८ अनुसार नेपालको २ करोड ५६ लाख जनसङ्ख्यामध्ये यस प्रदेश अन्तर्गतका १३ जिल्लाहरूमा ४५ लाख २३ हजार (१८ प्रतिशत) जनसङ्ख्या रहेको तथ्याङ्क छ। यो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरूमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेमलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ रहेका छन्। यसको अलावा यस प्रदेशमा नेपालको केन्द्रिय राजधानी समेत भएकोले छुट्टै महत्त्व छ।

नक्शा:


 Province no 3 Download

चित्रमय प्रतिनिधित्व


जनसंख्या :

Population of Women Vs Men
Population of Province Vs Total Population of Nepal

क्षेत्र:

The contents are not available right now.


जनसंख्या का आधारमाा जिल्लाहरू:

क्षेत्र का आधारमाा जिल्लाहरू:


Districts :

जिल्लाहरू :

दोलखा


विवरण:

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौँबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।

 दोलखा

रामेछाप


विवरण:

रामेछाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको काभ्रेपलाञ्चोक जिल्ला, चीनसँग सीमा जोडिएका दोलखा र ओखलढुङ्गा जिल्ला र तराई छोएको सिन्धुली जिल्लाको बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त श्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ। रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ। नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलाल अधिकारी, शहीद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो। रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ। भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो। विक्रम सम्बत २०५६ को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य महाभारत पर्वत श्रृङ्खलादेखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।

 रामेछाप

रसुवा


विवरण:

रसुवा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिव्वत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला पहाड र बाटोहरू तथा अन्तर्राष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरूको उपस्थिति रहेको छ। मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा कम जनसङ्ख्या र जनघनत्व भएको यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। हिन्दुहरूको पवित्र तिर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशुली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्त्वपूर्ण भूमिका निभाएका छन्। प्रशासनिक आधारमा एक संसदीय निर्वाचन क्षेत्र ९ वटा इलाका १८ वटा गाउँ विकास समितिहरू र १६२ वडाहरूमा विभाजन गरिएको यस जिल्लाको सदरमुकाम धुन्चे हो। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरूको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ।

 रसुवा

धादिङ


विवरण:

धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो ।

 धादिङ

ललितपुर


विवरण:

ललितपुर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत १३ वटा जिल्लाहरु मध्येको ललितपुर जिल्ला काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी–पौवा, स्तम्भहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ । ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ । भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्त्व बोकेको छ ।।

 ललितपुर

मकवानपुर


विवरण:

यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसँग जोड्ने रूपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ। उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड)को काखमा यो जिल्ला अवस्थित छ। राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो जिल्ला राजधानी काठमाडौँ र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ। त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ। यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौँ पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ। यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ। यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरू रहेका छन्। शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ। सेन वंशीय राजाहरूको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्त्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरूले यस जिल्लाको सौर्न्दर्य अझ बढाएको छ। यस जिल्ला मा नेपालकै एकमात्र मानव निर्मित ताल छ जसलाई इन्द्रसरोवर वा कुलेखानी नामले चिनिन्छ । यस ताल को पानी बाट कुलेखानी प्रथम कुलेखानी दितिय र कुलेखानी तृतीय(हाल निर्माणाधीन ) मा विद्युत उत्पादन गरिन्छ । जो नेपाल विद्युत प्राधिकरण को "Backup" को रूपमा रहेको छ ।

 मकवानपुर

चितवन


विवरण:

चितवन जिल्ला नेपालको ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको प्रदेश नं. ३को दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत श्रृङ्खला छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।

 चितवन