Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

गण्डकी प्रदेश


परिचय


गण्डकी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । कुल ११ जिल्ला रहेको यस प्रदेशको राजधानी पोखरामा कायम भएको छ ।

नक्शा:


 Province no 4 Download

चित्रमय प्रतिनिधित्व


जनसंख्या :

Population of Women Vs Men
Population of Province Vs Total Population of Nepal

क्षेत्र:

The contents are not available right now.


जनसंख्या का आधारमाा जिल्लाहरू:

क्षेत्र का आधारमाा जिल्लाहरू:


जिल्लाहरू :

गोरखा


विवरण:

गोरखा नेपालको गण्डकी अञ्चल अवस्थित एक जिल्ला हो। यो हालको संरचना अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। भौगोलिकरुपमा मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो। यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ। समुद्र सतहदेखि २२८ मिटरदेखि ८१६३ मिटरसम्म उचाइमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्ला, तनहुँ जिल्ला र धादिङ जिल्ला पर्दछन्।

 गोरखा

मनाङ जिल्ला


विवरण:

मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् "क" वर्गको जिल्लाको रूपमा मनाङ पर्दछ। कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ। जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो। राष्ट्रिय जनगणना २०६८ अनुसार मनाङ जिल्लाको कूल जनसङ्ख्या ६,५३८ जना मध्ये पुरुष ३,६६१ जना र महिला २,८७७ रहेका छन ।

 मनाङ जिल्ला

म्याग्दी


विवरण:

म्याग्दी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८" देखि ८३º५३" पूर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हे.) रहेको छ। जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरू (गाउँ पञ्चायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो। हाल यो जिल्लामा ४१ गाविस रहेका छन। २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी नदी पारिका इलाकाहरू क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए। तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पञ्चायत) मात्रै रहेका थिए।

 म्याग्दी