Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

लुम्बिनी प्रदेश


परिचय


लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । यसको स्थायी नाम लुम्बिनी र यस प्रदेशको स्थायी राजधानी "राप्ती उपत्यका (देउखुरी) " मिति २०७७ साल असोज २० ले प्रदेश सभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट नामाकरण गरी पारित गरीएको । 

यस अघि यस प्रदेशको अस्थायी नाम र राजधानी प्रदेश नं. ५ र बुटवल रहेको थियो । यस प्रदेशको उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश , पश्चिममा सुदुरपश्चिम प्रदेश र दक्षिणमा भारतको उत्तर प्रदेश रहेको छ । यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये   पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् ।

यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१७.१४ प्रतिशत) जनसंख्या रहेको देखिन्छ । 

यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ ।

नक्शा:


 Province no 5 Download

चित्रमय प्रतिनिधित्व


जनसंख्या :

Population of Women Vs Men
Population of Province Vs Total Population of Nepal

क्षेत्र:

The contents are not available right now.


जनसंख्या का आधारमाा जिल्लाहरू:

क्षेत्र का आधारमाा जिल्लाहरू:


जिल्लाहरू :

अर्घाखाँची


विवरण:

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पाैवा(बल्काेट) अर्घाकोट(अर्घा),पाली पन्थीटोलको लाकुरीरूख मा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यहसका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।

 अर्घाखाँची

दाङ


विवरण:

दाङ देउखुरी जिल्ला तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चल हाल पाँच नम्बर प्रदेशको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ। यस जिल्लाको पूर्व पश्चिम लम्बाई ९० कि.मि.र उत्तर दक्षिण चौडाइ ७२ कि.मि.छ। यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन्। यस जिल्लाको सबैभन्दा कम उचाइ भएको ठाउँ सिसहनिया गा.वि.स.अन्तरगत पर्ने भानपुर हो, जुन समुद्र सतहदेखि २१३ मिटर उचाइमा रहेको छ। त्यस्तै यस जिल्लाको सबैभन्दा अग्लो उचाइमा रहेको ठाउँ हाँसीपुर गा.वि.स. अन्तर्गत पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मिटरको उचाइमा रहेको छ।[१]

 दाङ

बाँके


विवरण:

बाँके मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत वि.सं. १८७३ को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई "नयाँ मुलुक" का रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्त्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर को रूपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय विमानस्थल को रूपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज यो क्षेत्रको गौरब हो । यहाँको नेपालगञ्ज मेडिकल कलेजमा छिमेकी भारत सहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्ययन गर्ने गर्छन ।

 बाँके

नवलपरासी पश्चिम


विवरण:

परासी नेपालको एक जिल्लाको नाम हो ।[१][२] २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर र परासी जिल्ला बनाइएको हो ।[३] सरकारले संविधानअनुसार नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुंगो लगाएको थिएन । सरकारले प्रदेश नम्बर ५ मा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो । नवलपरासी क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति निर्माण गर्नका लागि यसो गरिएको हो । बर्दघाट सुस्ता पश्चिमको क्षेत्रलाई परासी जिल्ला र त्यसको सदरमुकाम हालको परासीमा नै रहने सहमति भइसकेको छ ।

 नवलपरासी पश्चिम