Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

सुदूरपश्चिम प्रदेश


परिचय


सुदूरपश्चिम प्रदेश नेपालको संविधान २०७२ ले वि. सं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो।

नक्शा:


 Province no 7 Download

चित्रमय प्रतिनिधित्व


जनसंख्या :

Population of Women Vs Men
Population of Province Vs Total Population of Nepal

क्षेत्र:

The contents are not available right now.


जनसंख्या का आधारमाा जिल्लाहरू:

क्षेत्र का आधारमाा जिल्लाहरू:


जिल्लाहरू :

अछाम


विवरण:

अछाम नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने सेती अञ्चलमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो । नयाँ नेपालको पुनसंरचना अनुसार यो जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्दछ । अछाम जिल्लाको सदरमुकाम मंगलसेन हो । हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मंगलसेनबाट आठ घण्टा पैदल दुरीमा पर्दछ । भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ । रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवि मन्दिर, वैजनाथ मन्दिर, दर्ना दरवार, मंगलसेन दरबार, विनायकका पञ्च देवलहरू, दर्नाका देवलहरू, बान्नीगढी, जैगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थानहरू हुन् । नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार यस जिल्लालाई ४ नगरपालिका, ६ वटा गाउँपालिका तथा २ संसदीय निर्वाचन क्षेत्रहरूमा विभाजन गरिएको छ । रत्यौली, भुवा, न्याउले, पुतला, देउडा गीत, हुड्केली आदि यहाँका मुख्य सांस्कृतिक परम्पराहरू हुन् । आफ्नै रितिरिवाज र चालचलनमा रमाउने अछामका जनताहरू अछामी भाषाको प्रयोग गर्दछन् । यस क्षेत्रका वासिन्दाहरूको मुख्य व्यवसाय कृषि तथा पशुपालन हो भने वैदेशिक रोजगारको लागि छिमेकी मुलुक भारत तथा अन्य मुलुकमा पनि जाने गर्दछन् । अछाम जिल्ला कतिपय जात जातिको उद्गम स्थल पनि रहेको छ । जस्तै:- चाल्साबाट चालिसे, ढाँकुबाट ढकाल, टिमिलसैनबाट तिम्सिना अथवा तिमल्सेना घोडासैनबाट घोडासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमाला, रिमाबाट रिमाल, बारलाबाट बराल, कुइकाबाट कुईकेल, बजगाउँबाट बजगाईं आदि जात जातिहरूको उद्गम स्थलको रूपमा समेत परिचित अछाम जिल्लाको ऐतिहासिक महत्त्व पनि निकै बलियो रहेको छ ।

 अछाम

कैलाली


विवरण:

कैलाली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा छ वटा नगरपालिका छन् :लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, अत्तरिया नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी-त्रिशक्ती नगरपालिका र धनगढी उपमहानगरपालिका । टीकापुरमा अवस्थित "टीकापुर बृहत उद्यान" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको "घोडाघोडी ताल"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । कैलाली र कंचनपुरका प्रमुख देवता श्री कार्तिकेय (मोहन्याल),ग्वाशी समैजी , बैजनाथ ,सिद्धनाथ हुन् ।

 कैलाली